१० महिनामा बैंकहरूको नाफा ५८ अर्ब ३३ करोड, कुन बैंकको कति ?

0
Shares

चालु आर्थिक वर्षको १० महिनाकोे अवधिमा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।  हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरूले गत साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा उक्त नाफा कमाएका हुन्। ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकोे तथ्यांकअनुसार १० महिनामा सबैभन्दा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३१ करोड नाफा गरेको छ ।

त्यस्तै दोस्रोमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ११ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रोमा परेको नबिल बैंकले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ।
यसअवधिमा राष्ट्रिय वाणिज्य बैंक र प्राइम बैंकले पनि ३ अर्ब बढी नाफा गरेका छन । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४५ करोड नाफा कमाउँदा प्राइम बैंकले ३ अर्ब १५ करोड बढी नाफा गरेको छ । १० महिनाको अवधिमा लक्ष्मी बैंक बाहेक सबै बैंकले अर्ब बढी नाफा गरेका छन ।

सबैभन्दा थोरै नाफा कमाउनेमा लक्ष्मी बैंकले १० महिनामा ९२ करोड रुपैयाँ नाफा कमाएको छ। सिभिल बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा बैक अफ काडमाण्डूको नाफा पनि एक अर्ब ५ करोड छ । १० महिनाको अवधिको दुई बैंकको नाफा चार अर्ब माथि पुगेको छ । चार अर्ब बढी नाफा गर्नेमा ग्लोबल आइएमई र एनआइसी एशिया रहेका छन ।

कुन बैंकको नाफा कति?

Commercial Bank    Net Profit
(Rs. Million)
GBIME 4310.77
NICA 4113.13
NABIL 3826.23
RBB 3464.27
PCBL 3157.18
NMB 2974.11
NIBL 2844.99
NBL  2562.67
SBL 2440.49
MEGA 2286.59
KBL 2083.81
ADBNL 2028.55
EBL 1902.05
SCB 1820.43
CZBIL 1798.44
SANIMA 1793.56
NCCB 1730.83
MBL 1688.54
HBL 1678.84
SRBL 1502.67
PRVHU 1490.39
SBI 1408.19
NBBL 1248.62
CCBL 1150.25
BOKL 1052.06
CBL 1051.47
LBL 928.79
Total 58337.92

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।