दक्षिण कोरियामा सिमेन्ट, स्टील तथा अटोमोबाइल उत्पादन बन्द

0
Shares

सात दिनदेखि दक्षिण कोरियाका ट्रक चालकहरु आन्दोलनमा उत्रिएपछि उत्पादित सामग्रीको आपूर्ति रोकिँदा स्टील, सिमेन्ट तथा अटोमोबाइल कम्पनीले उत्पादन बन्द गरेका छन्।

उत्पादन बन्द गर्नेमा अटोमेबाइल कम्पनी हुण्डाई, स्टील कम्पनी पोस्को, सिमेन्ट उद्योग, पेट्रोकेमिकल रहेका छन् ।

मुद्रास्फीति बढ्दै गएको र आफूहरुको ज्यालामा कुनै वृद्धि नभएको भन्दै दक्षिण कोरियामा ट्रक चालकहरुले आन्दोलन गरिरहेका छन् । २४ वर्ष यताकै उच्च भएको मुद्रास्फीतिका कारण खाद्यान्न तथा इन्धनको मूल्य आकाशिएको छ । उच्च मूल्यवृद्धिका कारण प्रभावित भएका ट्रक चालकहरुले सरकारसँग ज्याला वृद्धि गर्न आग्रह गरेका छन् ।

भर्खरै कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति यून सीवक–युलले चालक दलका मागहरुलाई लिएर सदनमा छलफल भइरहेको र कार्यान्वयन हुने प्रक्रियामा रहेको बताएका छन् ।

आन्दोलनका कारण निर्यात प्रभावित भएको छ भने अन्तराष्ट्रिय सीपमेन्टको लागि राखिएका सामग्रीहरुको आपूर्ति हुन सकेको छैन । उत्पादन, निर्यात तथा आपूर्तिमा समस्या उत्पन्न हुँदा दक्षिण कोरियालाई १.६ ट्रिलियन वोन अर्थात १.२४ बिलियन डलर घाटा लागेको उद्योग मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।