जनरल इन्स्योरेन्सको चौथो साधारण सभा सम्पन्न

0
Shares

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थान मा सम्पन्न भएको छ ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ ।

त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष एनएफआरएस सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भयो ।

साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआईसी नेपाल नामक एप संचालनमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।