इन्धनको भाउ फेरि बढ्यो, पेट्रोल २१ र डिजेल २७ रुपैयाँले महँगियो

0
Shares

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको भाउ फेरि बढाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल र मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १९९ र डिजेल मट्टितेल १९२ रुपैयाँ तिर्नुपर्नेछ । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुयाएको छ ।

हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमले अझै आफ्नो मासिक अनुमानित घाटा ४ अर्ब ७० करोड रहेको जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।