फेडले औसत ब्याजदर बढाउने तयारी गर्दै, जापानी येन २४ वर्ष यताकै कमजोर

फेडले औसत ब्याजदर बढाउने तयारी गर्दै, जापानी येन २४ वर्ष यताकै कमजोर

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले औसत ब्याज दर बढाउने तयारी गरेको छ । फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै डलर बलियो हुँदै जाँदा जापानी येन २४ वर्ष यताकै कमजोर हुन पुगेको छ ।

गत साता जापानी केन्द्रीय बैंक, बैंक अफ जापानले विस्तारकारी नीतिलाई नै निरन्तरता दिने निर्णय गरेको छ । विश्वव्यापी रुपमा विकसीत देशहरुले औसत ब्याज दर बढाउँदा अरु मुद्रा बलियो हुँदै गएका छन् भने जापानी येन कमजोर हुँदै गएको हो ।

येन घट्दै गर्दा डलर सूचांक युरो, येन लगायतका अन्य चार मुद्राको तुलनामा ०.२८ प्रतिशतले घटेको छ भने १०४.४० विन्दुमा कायम भएको छ । डलरको मूल्य नबढ्नुको कारण अमेरिकी सेयरबजारमा भएको मध्यम कारोबार रहेको सीटिग्रुप ग्लोबल मार्केट जापानका रणनीतिज्ञ ओसामु टाकासीमाले बताएका छन् ।

यसैगरी फेडले औसत ब्याज दर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव सेयरबजारमा नकरात्मक र डलर र अमेरिकी बन्डमा सकरात्मक परेको उनले थपेका छन् । फेडले औसत ब्याज दर बढाउँदै गर्दा येन डलरको विरुद्धमा १४० पुग्न सक्ने र अमेरिकी बन्डको कुपन दर ३.७५ प्रतिशत सम्म पुग्ने टाकासीमाले अनुमान गरेका छन् ।

मूल्यवृद्धि यथावत रहँदा अमेरिकाले औसत ब्याज दर बढाउने तयारी गरेको छ । संसदमा पेस गरेको मौद्रिक नीतिको अर्धवाषर््िक प्रतिवेदनमा फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न ०.७५ प्रतिशतले ब्याज दर बढाउन सुझाव दिएको छ ।

फेडका अध्यक्ष जेरोम पावेलले आर्थिक मन्दीको जोखिम रहेता पनि आफूहरु मूल्यवृद्धि नियन्त्रण गर्न तत्पर रहेको र ब्याज दर वृद्धि सुन्दा कठोर र कष्टदायी सुनिएता पनि आवश्यक कदम चाल्ने बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ असार २०७९, सोमबार १४ : २७ बजे