नेपालको आर्थिक वृद्धि र वित्तीय स्थायित्वको लागि आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक समूहका उच्च अधिकारीहरूबीच द्विपक्षीय सहकार्यको सम्भावनाका विषयमा छलफल भएको छ ।

सोमबार बैंकको केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा कोभिड–१९ महामारीपछिको समष्टिगत आर्थिक एवम् वित्तीय अवस्था र मुलुकको आगामी आर्थिक कार्यदिशाका विषयमा छलफल केन्द्रित थियो ।

सो भेट विश्व बैंक समूहका तर्पmबाट प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले नेतृत्व गरेकी छन्। सो क्रममा नेपालको वित्तीय प्रणाली र राष्ट्र बैंकको क्षमता अभिवृद्धिमा विश्व बैंकबाट विगतदेखि प्राप्त हुँदै आएको सहयोग र आगामी दिनमा द्विपक्षीय सहकार्यको सम्भावनाका विषयमा समेत छलफल भएको थियो ।

भेटवार्ताका क्रममा प्रवन्ध निर्देशक पान्जेस्तुले कोभिड–१९ ले पारेको समग्र प्रभाव, डिजिटल फाइनासिङ्ग, वित्तीय समावेशिता र ग्राहक संरक्षणका विषयमा अन्य मुलुकको अनुभव सहितको धारणा राखिन ।

सो अवसरमा गभर्नर अधिकारीले डिजिटल बैंकिङको प्रवद्र्धनमा बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्था र त्यसका उपलब्धिबारे जानकारी गराउँदै वातावरणमैत्री वित्तीय सेवाको निम्ति भएका पछिल्लो प्रयासका विषयमा धारणा राखे ।

वित्तीय ग्राहक संरक्षणलाई बैंकले प्राथमिकतामा राखेको उल्लेख गर्दै ‘वित्तीय समावेशीकरण र ग्राहक संरक्षण महाशाखा’ स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी समेत गभर्नर अधिकारीले दिए ।

भेटका अवसरमा विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी ई. पान्जेस्तुल ले नेपालको आर्थिक वृद्धि र वित्तीय स्थायित्वको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग समन्वय गर्दै नेपाल राष्ट्र बैंकलाई आवश्यक सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।