टोयटाको गाडी खरिद गर्दै हुनुहुन्छ ? जानी राख्नुहोस् अष्ट्रेलियाले किन लगायो ३ अर्ब जरिवाना

0
Shares

जापानी अटो निर्माता टोयटाका गाडी खरिद गर्दै हुनुहुन्छ ? त्यसो हो भने ‘म्यानिफ्याक्चरीङ डिफेक्ट’ हुनसक्ने भएकाले होसियार हुनुपर्ने भएको छ । टोयटाले अष्ट्रेलिया निर्यात गरेका अधिकांस विलासी गाडीमा समस्या देखिएपछि नेपाली खरिदकर्ताको पनि चनाखो हुनुपर्ने भएको हो ।

अष्ट्रेलियामा हजारौँको सङ्ख्यामा बिक्री भएका टोयोटाका हाइलक्स, प्राडो र फच्र्यूनर मोडलका गाडीमा डिजेल पार्टिकुलेट फिल्टर (डिपीएफ)मा खराबी आएपछि उपभोक्ताहरुलाई अदालतले न्याय दिलाएको छ ।

कम्पनीले उत्पादनको क्रममा नै त्रुटी रहेका गाडी निर्यात गरेपछि अष्ट्रेलियाको संघिय अदालत पुगेका उपभोक्ताले क्षतिपुर्ति पाउने भएका हुन ।

अष्ट्रेलियामा बिक्री भएका २ लाख ६० हजार भन्दा धेरै गाडीमा डिपीएफमा खराबी आएपछि टोयटा विरुद्ध अष्ट्रेलियाको फेडरल अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त अदालतले सवारी खरिदकर्ताको पक्षमा निर्णय गर्दै टोयटालाई करिब २ अर्ब ७३ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न भनेको हो ।

सन् २०१५ को अक्टोवरबाट सन् २०२० को अप्रिल २३ सम्म बिक्री गरिएका टोयटाका सवारी साधनका डिपीएफमा समस्या देखिएको थियो । उक्त समस्याका कारण फ्युलको इफीसेन्सीमा कमी आएको, दुर्गन्धमय ग्याँस पैदा गरेको र इन्जीनको इफीसेन्सीमा समेत कमी आएको वकिलहरुको आरोप रहेको छ ।

यसैगरी अदालतमा जम्मा भएका प्रमाणहरुको अध्ययनले डिपीएफमा खराबी आएका सवारी साधनको मूल्यमा १७.५ प्रतिशत छुट दिएको जनाएको छ । कारहरु बिक्री गर्नको लागि टोयटाले गलत तथा भ्रामक सूचना फैलाएको अदालतमा पुष्टि भएको छ ।

सोहि अनुरुप टोयटाले हरेक कार खरिदकर्तालाई १० हजार ५०० डलरका दरले क्षतिपूर्ति दिनुपर्ने भएको छ । फेडरल कोर्टले गरेको यस निर्णयको विरोध गर्दै टोयटाले पुनरावेदन अदालत जाने जनाएको छ ।

टोयटाको कार खरिद गरी समस्यामा परेका चालक तथा कार मालिकले आजबाट एक अनलाइन पोर्टल मार्फत क्षतिपूर्तिको लागि निवेदन दिन सक्नेछन् । अदालतले गरेको उक्त निर्णय महत्वपूर्ण र यसले टोयटालाई ऐतिहासिक रुपमा नै भारी रकम तिर्न बाध्य बनाएको गिल्वर्ट प्लस टोविनका ल फर्मका पार्टनर म्याट म्याकेन्जीले बताएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।