इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्बको ऋणपत्र निष्कासन गर्ने, सेबोनसँग अनुमति माग

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब बराबरको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५-८६’ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।

निफ्राले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ता ऋणपत्र नियामक निकाय सेबोनमा असार १ गते निवेदन दिएको हो ।

बैंकले बिक्रीमा ल्याउने कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रीमा आउनेछ । बाँकी ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तबरबाट विभिन्न संघ संस्थलाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने ७ वर्ष अवधिको ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५-८६’ का लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याजदर पाउनेछन् ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।