जर्मन लगायतका युरोपियन राष्ट्रहरुमा कर्मचारी अभाव

0
Shares

जर्मनका एयरपोर्टमा कर्मचारी अभाव भएपछि कर्मचारी परिपूर्तिका लागि वैदेशिक रोजगारीमा जान चाहने मानिसहरुलाई जर्मनले आहवान गरेको छ ।

कर्मचारी अभावको समस्या अस्थायी रुपमा भएपनि समाधान गर्न वैदेशिक कामदारहरु आहवान गरेको जर्मन श्रम, यातायात तथा इन्टिेरियर मन्त्रालयले जानकारी दिएको हो ।

कोभिड–१९ संक्रमण कम हुँदै गएपछि युरोपियन देशहरुमा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । कम कामदार तर यात्रुको चाप धेरै हुँदा यतिबेला जर्मन लगायतका युरोपियन राष्ट्रहरुमा कर्मचारी अभाव बढेको छ ।

जर्मन श्रम, यातायात तथा इन्टिेरियर मन्त्रालयले हालको अवस्थामा २ हजार देखि ३ हजार मानिसहरु आवश्यक परेको र अन्य युरोपेली राष्ट्रहरुसँग समन्वय गरी वैदेशिक कामदारलाई एयरपोर्टमा काम गर्न स्वीकृति दिने बताएका छन् ।

अहिले सम्मको योजना अनुसार आवश्यक रहेका कामदार जुलाई महिनाबाट काममा परिचालन गर्ने गरी टर्कीबाट ल्याइने मन्त्रालयले जानकारी दिएको छ । यसैगरी अस्थायी रुपमा ल्याउने उक्त कर्मचारीहरुलाई समग्रमा तलब दिइने र उनीहरुको खाने तथा बस्ने सुविधामा कुनै कमी आउन नदिने श्रम मन्त्री हुर्वेटस हिलले बताएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।