नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ३ अर्बको ऋणपत्रको बिक्री खोल्ने

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ । बैंकले ३० लाख इकाई ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’  निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले दीर्घकालीज स्रोत पुटाउनका लागि उक्त ऋणपत्र बिक्रीमा ल्याउन लागेको हो ।

पाँच वर्ष अवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

जारी हुने १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाईका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन छिटोमा असार २६ गते बन्द हुनेछ भने सो अवधिसम्ममा सबै बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।