प्रि-ओपनिङ्ग ९ अंकले बढ्यो नेप्से

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से ९.२० अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा २० कम्पनीमध्ये १८ कम्पनीको सेयरको भाउ बढेसँगै नेप्सेमा चमक छाएको हो ।

यस अवधिमा २० कम्पनीका २ हजार १५ कित्ता सेयर १४ लाख ४ हजार ८१८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका २० कम्पनी मध्ये १८ कम्पनीको भाउ बढको छ भने २ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । कुनैपनि कम्पनीको मूल्य स्थीर रहेको छैन ।

नेप्से ९.२० अंकले बढेसँगै सूचक २ हजार ९५ दशमलव ६२ बिन्दुमा पुगेको छ ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।