फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आइओसीको बक्यौता ३० अर्ब

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, आइओसीको बक्यौता ३० अर्ब

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर दुई, डिजेल/मट्टितेलमा प्रटिलिटर नौ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेलरमट्टितेलको १७२ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १९० पुगेको छ । निगमले हवाई इन्धन ९बाह्य० र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएको छ ।

पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने वक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आइओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब पुग्ने निगमको प्रक्षेपण छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार ०७ : ४० बजे