संसद्मा अर्थमन्त्री शर्माको प्रश्न ‘मैले बोल्ने नैतिकता गुमाउनुको कारण के हो ?’


अर्थमन्त्री जनार्दन शर्माले संसद्को बैठकमा आफुले बोल्न नपाउने गरी नैतिकतागुमाउनुको कारण सोधेका छन् । संसदयी छानीन समितिको गठन पछि संसदमा सम्बोधन गर्दै उनले राष्ट्र र देशको पक्षमा काम गर्दा पनि प्रतिनिधि सभामा सम्बोधन गर्ने नैतिकता नहुनुको कारण माग गरेका हुन् ।

उनले बुधबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपाएमालले अर्थमन्त्रीको बिचार नसुन्ने भन्दै बैठकबाट सांसदहरु बाहिरिएका थिए । सभामुखको अनुमतीमा संसदलाई सम्बोधन गर्न सुरु गरे लगत्तै एमालेका सांसदहरु बैठकहलबाट बाहिरिएका थिए ।

आफुले बोल्नै नपाउने गरी कुनै गलत काम नगरेको दाबी गर्दै मन्त्रीशर्माले कुनै पक्षको हीतमाकाम नगरेको दाबी गरे । आफुलाई लागेका आरोपको छानबिनका लागि संसदीय समिति गठन भएको अवस्थामा प्रजातान्त्रिक मूल्य र मान्यता विपरितका काम गर्न गराउन खोजिएको आरोप उनले लगाए ।

बजेट निर्माणका सम्बन्धमा ल्याइएका विषय दिग्भ्रमीत पार्न खोजिएको आरोप लगाउँदै मन्त्रालयमा जडान भएको सीसीटीभीको प्राविधिक विषय आफुलाई थाहानहुने बताए । आफुलाई कुनै फुटेज डिलिट गर्नु पर्ने अवस्था नरहेको भन्दै उनले सीसीटीभिको प्राविधिकविषयको जिम्मेवारी आफुले नलिने बताए ।

कुन व्यवसायिक घरानालाई फाइदा पुग्ने गरी बजेटका प्रावधानबनाइयो भन्ने सम्बन्धमा छानबिन गर्न समितिलाई चुनौती दिँदै मन्त्रीशर्माले राष्ट्रको हीतमा नीतिगत व्यवस्था गरिएको उनले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।