व्यवसायीलाई गभर्नरको प्रश्न: कन्जुमर्सले उधारो खाएको छैन, बैंकले दिएको पैसा कहाँ अड्क्यो ?

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीलाई प्रश्न गर्दै पैसा कहाँ अड्क्यो भनेर सोधेका छन् । उनले उपभोक्ताले उधारो नखाएको र बैंकले दिएको पैसा अड्कदा समस्या जटिल बनेको बताएका हुन ।

गभर्नर अधिकारीले बैंकिङ क्षेत्रबाट करिब ४८ खर्ब कर्जा गएको जानकारी दिँदै त्यो पैसा बैंकिङ प्रणालीमा नआउनु नै गम्भिर समस्या रहेको औल्याए । “बैंकिङ प्रणालीबाट गएको कर्जा उपभोग गर्ने त हामी नौ हो,” उनले भने,“ त्यो पैसा यहि हुँदा पनि प्रणालीमा नआउनु समस्या हो ।”

उद्योगी व्यवसायीहरुले व्यवसाय भित्रको जटिलता कारण लामो अवधिको लागि कर्जा दिएका कारण समस्या आएको उनको भनाई छ । बैंक वित्तीय संस्थाले कर्जा उठाउन कालो सुचनामा राख्ने तथा कानुनी उपचार मार्फत जाने सक्ने वयवस्था रहेको छ । तर, उद्योगी व्यवसायीलाई पनि कर्जा उठाउने उपयुक्त व्यवस्था गर्नुपर्ने व्यवसायीहरुको सुझावमा गभर्नर अधिकारीले व्यवसायी आफैले कर्जा नीति बनाउन सुझाएका छन् । उनले निजी क्षेत्रको कर्जा उठाउने अन्तरािष्ट्रय अभ्यास ल्याउने संकेत समेत गरे । त्यसका लागि नेपाल राष्ट्र बैंकले सरकारलाइ सिफारीस गरेर सहयोग गरिदिने समेत उनले बताए ।

बाह्य क्षेत्रमा परेको दवावका कारण समग्र अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको अवस्था चुनौति पुर्ण रहेको उनको भनाई थियो । ‘पछिल्लो समयमा देखिएको अर्थतन्त्रको चुनौति बाह्य अवस्थाका कारण देखिएको हो । त्यसको असर समग्र अर्थतन्त्र तथा बैंकिङ क्षेत्रमा समस्या पार्ने हो की भन्ने डर छ । यसका लागि सबै क्षेत्रबाट पहल पनि भैरहेका छन।’ उनले भने ।

सिस्टम ठाउमा आए मात्र अर्थतन्त्र स्थिर हुने र अर्थतन्त्रमा स्थिरता नआएको खण्डमा सबै पक्षलाई अनेक समस्याहरु आउन सक्ने गभर्नर अधिकारीको धारणा छ । समग्र अर्थतन्त्रको आवश्यकतालाई ध्यानमा राखेर नीति निमार्ण गरिने उनले प्रष्ट पारे ।

‘हाम्रो समस्या भनेको उपभोगको समस्या हो । तर, अहिलेको अवस्थामा उपभोगलाई प्रोत्साहन गर्दा चालु खाता घाटा, भुक्तानी सन्तुलन घाटा झनै बढ्न जाने अवस्था छ । यसलाई सम्बोधन गर्ने गरी नीति ल्याउनु पर्ने छ।’ उनले भने ।

‘मौद्रिक नीतिले यसलाइ सम्बोधन गर्ने क्रममा सबैले आ–आफ्नो ठाँउबाट सहनु पर्ने अवस्था आउन सक्छ । उद्योगी व्यवसायी बैंकर लगायतले केही सहेकै कारण अर्थतन्त्रलाई सहज अवस्थामा लैजान सकिन्छ भने सहनु पर्ने हुन्छ । अर्थतन्त्रको माग अनुसार नीति आउने हो महाप्रसादलाई के लाग्छ त्यो नीति आउने होइन । मौद्रिक नीतिमा राष्ट्र बैंक स्पष्ट छ।’  उनले भने ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।