बैंकहरुको चलाखीले ३३ अर्ब ओभरड्राफ्ट घट्दा टर्म लोन ४० अर्ब बढ्यो

0
Shares

बैंक तथा वित्तीय संस्थाले ओभर ड्राफ्टको जोखिम भार बढेपछि टर्म लोन बढाउने चलाखी गरेका छन् । बैंकहरुले ओभरड्राफ्टलाई टर्म लोनमा परिवर्तन गरेर घटाएका हुन ।

नेपाल राष्ट्रले ओभरड्राफ्टको जोखिम भार बढाएपछि बैंक तथा वित्तीय संस्थाले टर्म लोनमा परिवर्तन गरेका हुन । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा मार्फत यहि असार देखि लागु हुने गरी कर्जाको प्रकृति अनुसार ५० देखि ७५ प्रतिशत विन्दुले जोखिम भार बढाएको छ ।

सो अनुसार अनुत्पादक क्षेत्रका कर्जाको जोखिम भार १२० प्रतिशत देखि १५० सम्म कायम गरिएको छ । यसरी जोखिम भार बढ्ने कर्जाका सेयर धितो कर्जा, ओभरड्राफ्ट, रियल स्टेट तथा हाउजिङ तथा ट्रष्ट रिसिप्ट कर्जामा जोखिम भार बढाएको छ ।

पछिल्लो समयमा अधिकासं बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट सुविधा लिदै आएका ग्राहकलाई बोलाएर टर्म लोनमा परिवर्तन गर्न दबाब दिएपछि ओभरड्राफ् घटेको हो भने टर्म लोन बढेको हो । कतिपय बैंकले टर्म लोनमा परिवर्तन गरेर ग्राहकलाई जानकारी मात्र दिएर पनि ओभरड्राफ्टलाइ टर्म लोनमा परिवर्तन गर्ने गरेको गुनासो समेत आउने गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले चालु आर्थिक वर्षको ११ महिनामा ओभरड्राफ्ट कर्जा घटेर ७१४ अर्ब ५५ करोड रुपैयाँमा झारेको छ । यो कर्जा रकम बैंशाखको तुलनामा साढे ३३ अर्बले घटेको हो । बैंशाख महिनामा यस्तो कर्जा ७४८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी बैंकहरुको ओभरड्राफ्ट घटेर टर्म लोन बढेको छ । चालु आवको ११ महिनामा बैंक वित्तीय संस्थाको कुल टर्म लोन ११ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । यहि महिनाको बैंशाखमा यस्तो कर्जाको आकार ११ खर्ब ३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।