निक्षेप संकलन भन्दा ११४ अर्ब बढी कर्जा प्रवाह

0
Shares

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा निक्षेप संकलन भन्दा ११४ अर्ब बढी कर्जा प्रवाह गरेका छन् । बैंकहरुले ३४० अर्ब निक्षेप संकलन गर्दा ४५४ अर्ब कर्जा विस्तार गरेका हुन ।

नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षमा अन्त्यसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । असार ३१ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा ३४० अर्ब निक्षेप बढेको छ भने यसअवधि कर्जा ४५४ अर्बले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ अर्ब निक्षेप रहेकोमा सो अवधिसम्म बैंकहरुले ३७ खर्ब २१ अर्ब कर्जा विस्तार गरेका थिए ।

चालु आर्थिक वर्षकाे अन्त्यसम्म वाणिज्य बैंकहरुको औसत सिडी रेसियो ८६.४१ प्रतिशतमा झरेको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेका कारण बैंकिङ्ग प्रणालीमा तरलतता उच्चदरले थपिएको हो । असार महिनामा मात्र वाणिज्य बैंकहरुमा १४१ अर्ब निक्षेप थपिएको छ । यस अवधिमा कर्जा समेत १८ अर्बले घटेको छ ।

केन्द्रीय बैंकले असार मसान्तसम्मभित्र सबै बैंकहरुलाई सीडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन निर्देशन दिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।