एशियन लाइफ इन्स्योरेन्सका बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

0
Shares

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार एशियन लाइफमा बीमा गर्न बीमितले न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बोनस दर सार्वजनिक गरेको हो ।

एशियन लाइफले सावधिक तथा आजीवन जीवन बीमालेख अन्तर्गत प्रतिहजार न्यूनतम ५० देखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले १४ वर्षसम्मको अवधिको बीमालेखका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यस्तै सावधिक (बालबालिका सावधिक जीवन बीमा) लेखमा न्यूनतम ४० देखि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । जसमा १४ वर्षसम्मको अवधिको बीमालेखका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको बीमालेखका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

यस्तै सावधिक जीवन बीमालेखमा प्रतिहजार ४० रुपैयाँदेखि ६० रुपैयाँ बोनसदर तोकिएको छ । १४ वर्षसम्म अवधिको बीमालेखका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको बीमालेखमा ६० रुपैयाँ बोनसदर तोकिएको इन्स्योरेन्सले जनाएको छ ।

यता अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ५० देखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । जसमा १० वर्ष र १२ वर्ष अवधिको बीमालेखमा समान ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १८ वर्ष अवधिको ६० रुपैयाँ, २० वर्ष अवधिको ६५ रुपैयाँ र २५ वर्ष अवधिको बीमालेखको लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

यसैगरी नवरत्न, जीवन सञ्जीवनी, दम्पत्ति सुरक्षा प्लस, र एशियन वार्षिक धनलाभ (प्लान १८–२१) बीमालेखमा कम्पनीले न्यूनतम प्रतिहजार ४० देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । जसमा १४ वर्षसम्म अवधिको बीमालेखमा ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ५० रुपैयाँ र २५ वा सोभन्दा बढी वर्ष अवधिको बीमालेखको लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

कम्पनीले मुनाफामा सरिक हुने गरी जारी गरेका जीवन बीमालेखहरुमा उल्लेखित बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालू बीमालेखमा समेत लागू हुनुका साथै बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभए सम्मको लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत सोही बोनस दर कायम हुने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।