गत आर्थिक वर्षकाे ‘टप टेन’ करदातामा पाँच बैंक

0
Shares

गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने सूचीको शीर्ष दश (टप टेन) भित्र पाँच बैंक अटाएका छन् ।

ठूला करदाता कार्यालयका अनुसार गत आर्थिक वर्षमा एनआईसी एशिया बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक टप टेन कम्पनीभित्र समेटिएका हुन् ।

धेरै कर तिर्ने सबैभन्दा पहिलो नम्बरमा सूर्य नेपाल रहेको छ । अघिल्लो वर्ष पनि प्रथम स्थानमा रहेको सूर्य नेपालले गत आवमा १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ । गत वर्षजस्तै यो वर्ष पनि सूर्य नेपाल नै देखिएको हो ।

दोस्रो स्थानमा रहेको नेपाल नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ९ अर्ब ७२ करोड कर तिरेको छ । एनसेल आजियाटा लिमिटेड तेस्रो नम्बरमा रहेको छ । एनसेल आजियाटाले गत आर्थिक वर्षमा ७ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको छ ।

गत अर्थिक वर्ष २०७८।७९ मा गोर्खा ब्रुअरीले ५ अर्ब ६९ करोड र विद्युत प्राधिकरणले ३ अर्ब ९५ करोड कर बुझाउँदै क्रमशः चौथो र पाँचौं नम्बरमा रहेका छन् ।

बैंकहरुमध्ये गत अर्थिक वर्षमा एनआईसी एशिया बैंकसमग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित भएको छ । बैंकले ३ अर्ब ४१ करोड राजश्व नेपाल सरकारलाई बुझाएको छ । यसैगरी धेरै कर तिर्ने अन्य बैंकहरुमा नबिल बैंकले ३ अर्ब ३२ करोड, ग्लोबल आईएमई बैंकले ३ अर्ब २१ करोड, सिद्धार्थ बैंकले २ अर्ब ७७ करोड र दशौं स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ अर्ब ६५ करोड रुपैयाँ राजस्व तिरेको छ ।

यी हुन् टप टेन करदाता:-

१. सूर्य नेपाल १० अर्ब ७२ करोड
२. नेपाल दूरसञ्चार कम्पनी ९ अर्ब ७२ करोड
३. एनसेल आजियाटा ७ अर्ब ७९ करोड
४. गोर्खा ब्रुअरी ५ अर्ब ६९ करोड
५. विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड
६. एनआईसी एशिया बैंक ३ अर्ब ४१ करोड
७. नबिल बैंक ३ अर्ब ३२ करोड
८. ग्लोबल आईएमई बैंक ३ अर्ब २१ करोड
९. सिद्धार्थ बैंक २ अर्ब ७७ करोड
१०. राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ६५ करोड

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।