प्रभु बैंकको खुद नाफा २६० करोड, ५१% बढ्यो

0
Shares

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ६० करोड ३ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंककाे खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा ५१.११ प्रतिशतले वृद्धि भएको हो ।

आव २०७७/७८ मा बैंकले १ अर्ब ७२ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्जा र निक्षेप संकलनमा ८ प्रतिशतको सामान्य सुधार गरेपनि बैंकको यस अवधिमा ३८ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि खुद नाफामा उच्च सुधार भएको हो ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ५.३० रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.१२ गुणा बढी छ ।

चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । बैंकको जगेडा कोष २३.८२ प्रतिशत बढेर ७ अर्ब १३ करोड ७१ लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधारिएका छन् । बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशत, फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत, सञ्चालन नाफा ४७.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप ८.३७ प्रतिशत र कर्जा ८.०३ प्रतिशत बढेको छ ।

गत आवमा बैंकले १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ६ अर्ब १८ करोड २ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी, १ अर्ब २९ करोड ३२ लाख ४५ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, ३ अर्ब ८४ करोड ६२ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.२० प्रतिशत, पुँजी कोष अनुपात १३.१६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.३५ प्रतिशत, निक्षेप संकलन लागत ६.४४ प्रतिशत, आधार दर ९.२४ प्रतिशत र स्पेडदर ४.३२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।