सनराइज बैंकले ४९ प्रतिशतले बढायो खुद नाफा, इपिएस २१ रुपैयाँ माथि

0
Shares

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंककाे नाफा अघिल्लो आवको तुलनामा गत आवमा ४८.६९ प्रतिशतले वृद्धि भएको हो । आव २०७७।७८ मा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्जा र निक्षेप संकलनमा २० प्रतिशत बढीले सुधार गरेपछि बैंकको खुद नाफामा आकर्षक सुधार भएको हो ।

नाफा बढेसँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.०१ रुपैयाँ बढेर २१.२६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६५.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ९.७४ गुणा बढी छ ।

चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको बैंकको २०७९ असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा भने २५ करोड ६१ लाख १६ हजार रुपैयाँ मात्र रहेको छ । गत आवको नाफाबाट बैंकले सेयरधनीलाई २.५३ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ । यद्यपी सञ्चित कोषबाट बैंकले थप लाभांश बाँडनसक्छ । बैंकको जगेडा कोष २५ प्रतिशत बढेर ६ अर्ब ६० करोड ६४ लाख रुपैयाँ सञ्चित भएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधारिएका छन् । बैंकको खुद ब्याज आम्दानी २९.९७ प्रतिशत, फि तथा कमिसन आम्दानी ३.४१ प्रतिशत घटदा सञ्चालन नाफा १९.९० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको निक्षेप २३.६५ प्रतिशत र कर्जा लगानी १९.५६ प्रतिशत बढेको छ ।

गत आवमा बैंकले १ खर्ब ३१ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकले ४ अर्ब ५८ करोड २ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी, ९३ करोड २३ लाख ३ हजार रुपैयाँ फि तथा कमिसन आम्दानी, २ अर्ब ७३ करोड ९ लाख ८१ रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.३९ प्रतिशत, पुँजी कोष अनुपात १२.४५ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.३० प्रतिशत, निक्षेप संकलन लागत ७.९२ प्रतिशत, आधार दर १०.०१ प्रतिशत र स्पेडदर ४.३७ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।