कामना सेवा बैंकको सवा लाख कित्ता संस्थापक सेयर बिक्री खुला

0
Shares

कामना सेवा बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २६ हजार कित्ता बिक्रीमा ल्याएको छ ।

बैंकको विद्यमान सेयरधनीको नाममा रहेको उक्तसेयर बिक्रीका लागि बैंकमा निवेदन दिएपछि बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन पाउने गरी खुला गरेको हो ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको मिति साउन ८ गतेदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

निर्धारित समयभित्र विद्यमान संस्थापकहरुबाट कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम बाह्य खरीदकर्तालाई उक्त संस्थापक सेयर बिक्रीका लागि प्रकिया अघि बढाइने बैंकले जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।