राप्ती हाइड्रोको आईपीओ २ लाख १७ हजार ६९४ जनालाई बाँडफाँड

0
Shares

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको सेयर २ लाख १७ हजार ६९४ जनालाई बाँडफाँड गरिएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सबै आवेदकलाई १० कित्ताका खरले सेयर बाँडफाँड गर्न अपुग भएपछि गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जनालाई १० कित्ताका दरले २१ लाख ७६ हजार ९४० कित्ता सेयर बाँडफाँड गरिएको हो । आवेदन दिएका मध्ये कुल १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा साउन ९ गते सोमबार बिहान उक्त सेयर बाँडफाँड गरिएको हो ।

सिद्धार्थ क्यापिटलका अनुसार सेयर खरिदका लागि कुल १४ लाख ९१ हजार ७२२ आवेदनबाट १ करोड ६२ लाख ७६ हजार ६१० कित्ता सेयरका लागि आवेदन परेको थियो । जसमध्ये दोहोरो आवेदन दिने १ हजार ४२४ आवेदनबाट परेको १७ हजार ३७० कित्ता सेयरको माग रद्द भएका छन् । बाँकी रहेको १४ लाख ९० हजार २९८ आवेदनबाट प्राप्त १ करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयरलाई बाँडफाँड प्रकृयामा सामेल गराइएको थियो ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट अवितरित ३७ हजार ६२३ कित्ता सहित कुल २३ लाख ६६ हजार २४० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका इकाईका लागि र ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । २१ लाख ७६ हजार ९४० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।