स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ६२ प्रतिशतले बढ्दा लाभांस क्षमता कति ?

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वषमा २ अर्ब २६ करोड ९८ खुद नाफा गरेको छ । बैंकको नाफा अघिल्लो आवको तुलनामा ६२.२७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ३९ करोड ८८ लाखभन्दा खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ५९ करोड छ । जसको आधारमा बैंकको लाभांस क्षमता करिब १७ प्रतिशत देखिन्छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।

गत आवमा बैंकको सञ्चालन नाफा पनि ६१.५४ प्रतिशतले बढेको छ । बैंकले ३ अर्ब २५ करोडभन्दा संचालन नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत तथा खुद फि तथा कमिसन आम्दानी ३३.१९ प्रतिशतले बढेको छ ।

गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड पुगेकोे छ । २ अर्ब ९१ रिटेन्ड अर्निग गरेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड छ ।

बैंकले गत असार मसान्तसम्म ९३ अर्ब ७२ करोड १९ लाख निक्षेप संकलन गरेर ७९ अर्ब १७ करोड ३९ लाख कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशतले बढेको हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४.७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ कायम भएको छ । बैंकको खराब कर्जा समेत घटेर ०.९६ प्रतिशतबाट वर्ष ०.५९ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।