प्रभु र सेञ्चुरी बैंक बीच मर्जर सम्झौता


प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जरको सम्झौता भएको छ । दुबै बैंक बीच समान हैसियतमा मर्जर हुने सम्झौता आइतबार भएको हो ।

प्राप्तिपछिको संस्थाको नाम प्रभु नै रहनेछ भने बैंकको प्रमुख कार्यकारीको जिम्मेबारीमा अशोक शेरचनले निरन्तरता पाउनेछन् । मर्जरपछिको प्रभु बैंकको कुल पुँजीकोष करिब ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।

दुबै संस्था एक भएपछि चुक्ता पुँजी सवा २२ अर्ब पुग्नेछ । गत आर्थिक वर्षमा प्रभु बैंकले २ अर्ब ६० करोड नाफा गरेको थियो । सो अवधिमा १ खर्ब ७८ अर्ब निक्षेप संकलन गरेको बैकले १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।