प्राइम बैंकको नाफा सामान्य बढेपनि इपिएस र वितरण योग्य मुनाफा घट्यो

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षमा साढे १२ प्रतिशत बढी खुद नाफा बढाएको छ ।

१६ प्रतिशतले चुक्तापूँजी बढाएको बैंकले सोही अनुसार नाफा गर्न नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । साथै बैंकको वितरण योग्य नाफा समेत घटेको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको नाफा यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२।६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेको छ । खुद फि तथा कमिसन आम्दानी २२.२४ प्रतिशतले घटेको छ ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा बढ्न पुगेको हो। बैंकको जोखिम पूर्ण कर्जा पनि घटेको छ । बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १८ करोड ८२ लाख रुपैयाँ कर्जा जोखिम व्यवस्थापन बापत इम्पेरमेन्ट चाज छुट्याएको छ। अघिल्लो वर्ष यस्तो रकम ७६ करोड ९२ लाख रुपैयाँ थियो।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको वितरण योग्य नाफा अघिल्लो वर्षको भन्दा करिब १२ प्रतिशत कम हो ।

बैंकको नाफा बढेपनि पूँजी बढेको अनुपातमा नबढ्दा प्रतिसेयर आम्दानी घटेको छ। बैंकको यस्तो आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२२ प्रतिशत बढेको छ। बैंकको चुक्तापूँजी १८ अर्ब ६५ करोड पुगेको छ । बैंकको जगेडा कोषमा साढे ६ अर्ब रुपैयाँ संचित छ भने अवितरित नाफा २ अर्ब ३९ करोड छ ।

त्यसैगरी, बैंकको निक्षेप ३.९३ प्रतिशत र कर्जा ९.४४ प्रतिशत बढेको छ। बैंकले एक खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हो।

बैंकको निष्क्रिय कर्जाको अनुपात भने बढेर १.४२ प्रतिशत छ। बैंकको मूल्य आम्दानी अनुपात १३.४३ गुणा रहेको छ, बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।