नगद लाभांस वितरणमा गरिएको कडाई हट्यो

0
Shares

बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस वितरणमा गरेको कडाई हटेको छ । कोरोना माहामारीका कारण बैंकहरुमा जोखिम बढ्न सक्ने भन्दै राष्ट्र बैंकले नगद प्रबाहलाई नियन्त्रण गरेको थियो ।

केन्द्रीय बैंकले कोरोना महामारीको असर कमहुँदै गएसंगै चालु आवदेखि नगद लाभासंको सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरण योग्य नाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस वितरण गर्न सक्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी दिन नपाइने व्यवस्था समेत गरेको थियो । बुधबारको निर्देशनले ती सबै व्यवस्थालाई हटाएको हो ।

केन्द्रीय बैंकले खुद वितरण योग्य मुनाफा, कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाएका थिएनन । यो व्यवस्थाले गर्दा अन्तराष्ट्रिय लगानीकर्ता भएका बैंक वित्तीय संस्थालाई असहज भएको थियो ।

त्यसैगरी बैंक वित्तीय संस्थाका संस्थापक लगानीकर्ता समेत निरास थिए । यो व्यवस्था हटाएपछि अन्तरािष्ट्रय जोइन्ट भेञ्चर बैंकहरु र संस्थापक लगानीकर्तालाई नगद लाभांस लिने बाटो खुलेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।