मुक्तिनाथको निक्षेप एक खर्ब नाघ्यो, अधिकांस सूचकमा सन्तुलित सुधार

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) को निक्षेप एक खर्ब नाघेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको निक्षेप एक खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो एक वर्षमा बैंकको निक्षेप निक्षेप २०.४३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकमा ८६ अर्ब ९० करोड निक्षेप थियो । एक वर्षको अवधिमा बैंकको कर्जा समेत १९.१८ प्रतिशतले बढेर ८६ अर्ब ९० करोड १९ लाख पुगेको छ ।

बैंकले यसअवधिमा ३ अर्ब ३७ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा २१ प्रतिशत बढी हो । ब्याज आम्दानीमा सुधार आउँदा बैंकको नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्ष १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ। चुक्ता पुँजी बढेको अनुपातमा नाफाबढेसँगै बैंकको प्रतिशेयर आम्दानी सन्तुलनमा रहेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा बढेर २४ रुपैयाँ २२ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १७.५८ प्रतिशत बढेको छ भने जगेडा कोष २१.०१ प्रतिशत बढेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड छ भने जगेडाकोषमा २ अर्ब ४४ करोड रुपैयाँ छ ।

बैंकको मूल्य आम्दानी अनुपात १८.१६ गुणा तथा प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।