एनएमबि बैंकले जगायो उत्साह, अधिकांश सूचकमा बढोत्तरी

0
Shares

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष ०७८/०७९ मा अधिकांश सूचकमा सुधार सहितको वित्तीय विवरण प्रस्तुत गरेको छ । बैंकका अधिकांश सूचकमा देखिएको सन्तुलित सुधारले लगानीकर्तामा उत्साह जगाउनेछ ।

बैंकले प्रकाशित गरको वित्तीय विवरणको बैंकको निक्षेप, कर्जा, ब्याज आम्दानी, कमिशन आम्दानी, संचालन आम्दानी, संचालन नाफा तथा खुद नाफा एंव वितरण योग्य नाफा लगायतका सूचक बढेका छन् ।

बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत तथा सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।

साढे १२ प्रतिशत पूँजी बढाएको बैंकले साढे ३६ प्रतिशतले नाफा बढाएको छ । पूँजी बढेको अनुपातमा भन्दा बढी नाफा गर्दा बैंकको प्रतिसेयर आम्दानीमा सुधार आएको छ ।

बैंकको जगेडा कोषको आकार १६ प्रतिशतले बढेको छ भने खराब कर्जाको अनुपात समेत घटेको छ । बैंकका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् ।

बैंकले गत आवमा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेको छ भने जगेडा कोष १६.०६ प्रतिशत बढेको छ। बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड नाघेको छ भने जगेडाकोषमा ८ अर्ब ८४ करोड छ ।

त्यसैगरी, बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ। बैंकले यस अवधिसम्ममा एक खर्ब ८४ अर्ब ८२ करोड निक्षेप उठाएर एक खर्ब ७५ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ।

बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा तथा प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।