साना ऋणीलाई कर्जा तिर्न राष्ट्र बैंकको सहुलियत

0
Shares

नेपाल राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जाको साँवा ब्याज तिर्न ३ महिना थप समय दिएको छ ।

केन्द्रीय बैंकले निर्देशन जारी गर्दै ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुलाई ३ महिना समय थप गरेको हो ।

अब यस्ता ५ करोडभन्दा कम कर्जा लिएका बैंकका ऋणीहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गर्न पाउने भएका हुन ।

राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जा तिर्ने समयावअधि ३ महिना थप गर्दै असोज मसान्तसम्म भुक्तानी गरेमा बैंकले थप हर्जाना तथा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।