राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब २१ करोड, खराब कर्जा घटायो

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को भन्दा ३७.३८ प्रतिशत धेरै हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ छ। बैंकको यस्तो नाफा झण्डै ३३ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। बैंकको ब्याज आम्दानी १७ प्रतिशत तथा संचालन आम्दानी साढे १५ प्रतिशतले बढेको छ ।

तर, यसअवधिमा फि तथा कमिशन आम्दानीमा ६.८८ प्रतिशत गिरावट आएको छ । संंचालन नाफा पनि साढे ३७ प्रतिशतले बढेका छ।

बैंकको नाफा बढेपनि पूँजी वृद्धिको अनुपातमा नहुँदा प्रतिसेयर आम्दानीमा हस आएको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ९४ करोड छ भने जगेडामा १८ अर्ब ५४ करोड छ ।

त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। बैंकले गत असार मसान्तसम्ममा २ खर्ब ५९ करोड निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा पनि ३.०७ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।