नेपाल लाइफ इन्स्योरेन्सको इपिएस ऋणात्मक बन्यो, बीमा कोषमा १ खर्ब ३६ अर्ब सञ्चित

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ ऋणात्मक बनेको छ । गत आवमा नेपाल लाइफले ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानी व्यहोरेपछि कम्पनीको इपिएस ऋणात्मक बनेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ७.४४ रुपैयाँ कायम गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेर ३४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको कम्पनीको जगेडा कोषमा २८ करोड ८३ लाख ७० हजार रुपैयाँ सञ्चित छ । चुक्ता पुँजी १४ प्रतिशत बढेको कम्पनीको जगेडा कोष ७१ प्रतिशत बढीले घटेको छ ।

नेपाल लाइफको जीवन बीमा कोषको आकार भने २१.५८ प्रतिशत बढेर १ खर्ब ३६ अर्ब ७९ करोडको उचाईमा पुगेको छ । कम्पनीको महाविपत्ति कोषमा ७२ करोड ३ लाख सञ्चित छ ।

नेपाल लाइफ इन्स्योरेन्सले प्रकाशित गरेको विवरण अनुसार इन्स्योरेन्सले जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ३८ करोड ९० लाख २९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असार मसान्तसम्म कम्पनीले ६८ हजार ७५० वटा दाबी वापत १३ अर्ब ३२ करोड ७१ लाख ९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अब १ अर्ब ७१ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने दाबी बाँकी छ ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ, कुल सम्पत्तिको मूल्य एक हजार ८५६ रुपैयाँ र औष प्रतिफलदर ९.५७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।