एनएमबि बैंकले आईएफसीबाट भित्र्यायो साढे २ करोड डलर ऋण

0
Shares

एनएमबि बैंक लिमिटेडले विश्व बैंक समुहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा नेपालमा भित्र्याएको छ ।  बैंकले नेपालमा साना तथा मझौला व्यवसायमा कर्जा लगानी गर्ने गरी २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको हो ।

एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सुनिल के.सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच बिहीबार उक्त समझदारी आदान प्रदान भएको हो ।

आईएफसीबाट भित्र्याइएको उक्त लगानीले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने एनएमबी बैंकले जनाएको छ ।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड(१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकले चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरेको छ । यो सँगै बैंक नेपालको आईएफसीबाट धेरै ऋण भित्र्याउने एकमात्र बैंक भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।