खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ बिक्री खुला गर्दै

0
Shares

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

निष्काशित सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर पछिल्ला आईपीओमा उच्च आवेदन पर्ने गरेकाले १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ । आईपीओमा भदौ १२ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले मेरो सेयर मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओलाई केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

हाल २ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँडपछि ४ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।