कुमारी क्यापिटलको लाभांश पारित, दुई करोड नगद वितरण गर्ने

0
Shares

कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभाले दुई करोड रुपैयाँ नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरको हो।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ ।

उक्त सभाले कम्पनी आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत गरेको क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।