जि.डब्लु.एम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

0
Shares

ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले दशैँ, तिहार र छठको अवसर पारी जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।

जि.डब्लु.एमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो पविारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा, आ.व.७८/७९ को रोड ट्याक्स फ्री, लोएल्टी बोनस, फ्रिी एसेसोरिज, ५ वर्ष वारेन्टी, ३ वर्ष फ्री सर्भिस, स्पट भ्यालुएसन एण्ड एक्सेन्ज तथा अन्य धेरै अफर रहेको कम्पनीले उल्लेख गरेको छ ।

विश्वव्यापी बजार अनुसार ग्रेट वाल मोटर ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् ।

साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजार भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाख भन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ । चीन बाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७ सय भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।