बैंक अफ काठमाण्डूले ल्यायो ई-कमर्श कारोबारमा नगद फिर्ता योजना

0
Shares

बैंक अफ काठमाण्डले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकले कारोबार गरेकोे रकमको १०% वा अधिकतम् १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउने बैंकले जनाएको छ । यस नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुने जनाइएको छ ।

यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।