लिटमस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना सार्वजनिक

0
Shares

लिटमस केबल्स, नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्डले यस चाडपर्वको शुभ अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शासानदार” स्किम ल्याएको छ ।

यो योजना अन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल पठाउनु पर्नेछ।

कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५’ टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन्।

यो योजन २० भाद्र देखि २० कात्तिक सम्म २ महिनाको लागि मान्य हुनेक छ ।

सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो। यस कम्पनिले चार दशकदेखि एडभान्स जर्मन टेक्नोलोजी र लिटमस केबल्स ब्रान्ड नाममा उत्कृष्ट गुणस्तरका तारलहरू उत्पादन गर्दै आएको छ।

लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक र व्यापार समूह, रमेश कर्पोरेशनको संस्था हो । यो बुटवलको बुटवल औद्योगिक क्षेत्रमा अवस्थित रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।