बजाज इन्ट्रासिटीको अफर, ‘यसपालीको चाड, उपहारसँगै स्वरोजगार’

0
Shares

बजाज थ्री ह्वीलर्स, बजाज रि बिएस-६ र बजाज मेक्सिमा सि को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छट अभियान सुरु गरेको छ ।

यस अभियानको नाम “यसपालीको चाड, उपहारसंगै स्वरोजगार“ राखिएको छ। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज मेक्सिमा सि वा बजाज रि बिएस६ को खरिदमा ३२ इन्चको हिमस्टार लिड स्मार्ट टिभी वा सामसुङ एफटुटु स्मार्ट फोन पाउने अफर ल्याएको छ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक, अभिमन्यु गोल्छा भन्नछन, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो। यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज मेक्सिमा सि वा बजाज रि बिएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ।“

“यसपालीको चाड, उपहारसंगै स्वरोजगार” अफर सिमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।