सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज निर्धारण

सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज निर्धारण

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले वितरण गर्ने प्रतिफल (नगद लाभांश) को बुकक्लोज मिति निर्धारण गरेको छ ।

योजना व्यवस्थापक सनराइज क्यापिटलले प्रतिफल वितरण प्रयोजनार्थ भदौ २९ गते बुधबार एक दिनका लागि इकाईधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) मिति तोकेको हो ।

यसअनुसार अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डले गत आर्थिक वर्ष २०७८।७९ बाट योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ भदौ २०७९, बुधबार १० : ४२ बजे