कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा “वे टू लिस्टिङ” शुभारम्भ

0
Shares

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तगर्त “वे टू लिस्टिङ” (Way to Listing) नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

क्यापिटलले “वे टू लिस्टिङ” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन पूर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।

साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजार (नेप्से) मा सूचीकरण गराउने लगायतका सम्पुर्ण सेवाहरु प्रदान गर्नेछ ।

क्यापिटलको यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने धितोपत्र बोर्डको नीतिलाई समेत सहयोग पु¥याउने क्यापिटलले जनाएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत निम्न कार्यहरु गर्नेछ:-

  • व्यवसायिक तथा वित्तीय योजनाको तयारी
  • वित्तीय तथा संगठनात्मक पुनर्संरचना
  • वित्तिय श्रोत जुटाउन सहयोग
  • कम्पनी मूल्याङ्कन, तथा परियोजना मूल्याङ्कन
  • प्रबन्धपत्र तथा नियमावली संशोधन
  • आन्तरिक नियन्त्रण प्रणालिको विकास तथा प्रभावकारिता मूल्याङ्कन
  • ब्यवस्थापकीय परामर्श
  • सम्पत्ति तथा दायित्व मूल्याङ्कन (ड्यू डेलिजेन्स)

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।