एनआईबिएल प्रगति फण्डको ३.१५ करोड प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

एनआईबिएल म्युचुअल फण्ड अन्तरगत सञ्चालित एनआईबिएल प्रगति फण्डको प्रतिफल (नगद लाभांश) सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

प्रतिफल वितरण प्रयोजनको लागि फण्डले भदौ २९ गते बुधबार इकाईधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) तोकेको छ । तसर्थ आजसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् ।

फण्ड व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ ९ गते सम्पन्न बैठकले इकाईधनीलाई आव २०७८/७९ बाट करसहित ४.२० प्रतिशतले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको थियो ।

अघिल्लो आव २०७७।७८ बाट एनआईबिएल प्रगति फण्डका इकाईधनीले ५० प्रतिशत प्रतिफल वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा फण्डले गत आवबाट इकाईधनीलाई ४५ प्रतिशत कम प्रतिफल वितरण गरेको हो ।

एनआईबिएल प्रगति फण्डकालाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवर्द्धन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।