आवश्यक कागजात उपलब्ध नगराउँदा घट्यो सीई कन्स्ट्रक्सनको रेटिङ

0
Shares

इक्रा नेपालले सीई कन्स्ट्रक्सनको रेटिङ घटाएको छ । कम्पनीले रेटिङको लागि आवश्यक पर्ने जानकारी तथा कागजात उपलब्ध नगराएपछि विगतमा दिएको रेटिङलाई घटाएको हो ।

नेपाली निर्माण क्षेत्रमा तीन दशकको इतिहास बनाएको सीई कन्स्ट्रक्सनले बैंक ऋणका लागि इक्रा नेपालबाट रेटिङ गराएको थियो । कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको कर्जाका रेटिङ गराएको थियो । त्यसमा इक्राले कमपनीलाई दीर्घकालीन रेटिङ एल डबल बी प्लस दिएकोमा त्यसलाइ घटाएर एल डबल बी बनाएको छ । त्यसैगरी अल्पकालीन (फन्डेड एन्ड नन्फन्डेड) रेटिङ ए४ प्लसलाई घटाइ ए४ निर्धारण गरेको छ ।

यसैगरी रेटिङको पुनःसमीक्षा गर्नको लागि सीई कन्स्ट्रकसनसँग बारम्बार आवश्यक जानकारीको लागि सम्पर्क गर्दा कम्पनीले सहकार्य नगरेको इक्राले जनाएको छ । कम्पनीको कर्जा पुनःसमीक्षा गर्न सहयोग नगरेकोमा इक्राले सीई कन्स्ट्रक्सनलाई “इस्युअर नट कोअप्रेटिङ” अन्तर्गतका वर्गीकरण गरेको छ ।

सीई कन्स्ट्रक्सनले आगामी ६ महिना भित्रमा जानकारी दिई सहयोग नगरेमा कम्पनीको रेटिङ वीथड्र गर्ने इक्राले जनाएको छ ।

यस अघिको वर्षमा सीई कन्स्ट्रकसनले ८० करोड दीर्घकालीन ऋणको लागि डबल बी प्लस रेटिङ पाएको थियो भने ७५ करोड ९४ लाख बराबरको फन्ड बेस्ड अल्पकालीन कर्जाको लागि ए४ प्लस र २ अर्ब ४४ करोड ३२ लाख नन् फन्ड बेस्ड अल्पकालीन कर्जाको लागि ए४ प्लस रेटिङ पाएको थियो ।

सन् २०२० मा ३ अर्ब १९ करोड ७८ लाख संचालन आम्दानी गरेको सीई कन्स्ट्रक्सनले सन् २०२१ को आम्दानी सार्वजनिक गरेको छैन । हाइड्रो पावर, अर्पाटमेन्ट, हस्पिटल, होटल, रेसिडेन्सीयल वील्डीङ निर्माण गर्ने सीईको पेड–अप क्यापिटल सन् २०२२ को मिड–जुलाई सम्म ५४ करोड रहेको थियो ।

सन् १९९२ बाट सञ्चालनमा आएको सीई कन्स्ट्रक्सनको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका विजय राजभन्डारी रहेका छन् । यसका साथै कम्पनीमा गोपाल मानन्धर, श्याम मिलन श्रेष्ठ, ओम बहादुर राजभन्डारीको स्वामित्व रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।