मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरु दृढ भई लाग्नुपर्छ: आइएमएफ प्रमुख

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)की व्यवस्थापकीय निर्देशक क्रिष्टालिना जिर्योजिवाले ४० वर्ष यताकै उच्च भएको मुद्रास्फीतिको सामना गर्न केन्द्रीय बैंकहरु दृढ भई असरको प्रवाह नगरी अघि बढ्नुपर्ने  बताएकी छिन् ।

मुद्रास्फीति लामो समयसम्म कायमै रहने र यससँगको युद्धमा केन्द्रीय बैंकहरु दृढताका साथ अघि बढ्नुपर्ने उनले जानकारी दिएकी हुन् ।

युरोपियन केन्द्रीय बैंकका नीतिकर्ताहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै क्रिष्टालिनाले वित्तीय नीति र मौद्रिक नीति बीच सन्तुलन रही सहकार्य हुनु सकेमा आगामी आर्थिक वर्ष सहज हुने तथा मुद्रास्फीति नियन्त्रणमा केन्द्रीय बैंकहरुलाई सहज हुने बताएकी छिन् ।

वित्तीय नीति सन्तुलित रुपमा कार्यान्वयन हुन नसकेमा त्यसले मौद्रिक नीतिलाई असफल पारी मुद्रास्फीति दर वृद्धि गर्न सघाउने उनको धारणा रहेको छ ।

बुधबार सार्वजनिक भएको अगस्ट महिनाको अमेरिकाको मुद्रास्फीति दर आकस्मीक रुपमा वृद्धि भएपछि त्यसले विश्वव्यापी अर्थतन्त्रलाई थप अनिश्चितता तर्फ धकेलेको उनको तर्क रहेको छ ।

मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाइरहँदा पनि मुद्रास्फीति दर बढ्दै जानु र रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानुले विश्व अर्थतन्त्र अनिश्चितता तर्फ अघि बढेको उनले बताएकी छिन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण आपूर्ति र मागबीचको असन्तुलन बढ्दै गएको र रुस–युक्रेन युद्धका कारण आपूर्ति श्रृङ्खला अवरोध हुँदा इन्धन तथा खाद्यान्नको मूल्य वृद्धि भई जनजीवन प्रभावित भएको उनको धारणा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।