कुन-कुन मोडलका मोबाइलमा चल्छ ई-सिम ? तपाईँको मोबाइलमा के गर्छ ?

0
Shares

नेपाल टेलिकमले शुक्रबारदेखि सुन्धारा काउन्टरबाट निःशुल्क ई–सिम (इलेक्ट्रोनिक सीमकार्ड) वितरण सुरु गरेको छ ।

हाल भौतिक सिमकार्ड प्रयोग गरिरहेका पोस्टपेड र प्रिपेड नम्बरका सिमलाई प्रयोगकर्ताहरुले निःशुल्क इ–सिममा परिवर्तन गर्न सक्नेछन् ।

त्यसैगरी नयाँ पोस्टपेड नम्बर लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ । तर नयाँ प्रिपेड नम्बर लिने ग्राहकले भने निकट भविष्यमा मात्रै यो सुविधा पाउनेछन् ।

पुरानो प्रिपेड नम्बर चलाइरहेका ग्राहकहरुले भने सुन्धारा काउन्टरबाट पुरानो सिमलाई इ–सिममा परिवर्तन गर्न सक्नेछन् । टेलिकमले वितरण गर्ने ई–सिम निश्चित मोबाइल सेटहरुमा मात्रै प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले इ–सिम परिवर्तन गर्नुअघि आफूसँग भएको मोबाइल सेटमा उक्त सिम सर्पोट गर्छ या गर्दैन भन्ने बुझ्न जरुरी हुन्छ ।

अनलाइन इ–सिम स्टोर “होलाफ्लाई” का अनुसार निम्न मोबाइल सेटहरुमा इ–सिम प्रयोग गर्न सकिने उल्लेख गरेको छ । इ–सिम चल्ने ब्रान्ड र मोबाइलका प्रकार यसप्रकार छन् ।

सामसुङ

  • सामसुङको ग्यालेक्सी फोल्ड
  • ग्यालेक्सी फोल्ड–३
  • ग्यालेक्सी जेड फिलीप
  • ग्यालेक्सी एस–२०
  • एस–२१
  • एस–२२
  • नोट–२०

आइफोन

  • आइफोन एक्स सिरिज
  • आइफोन–११
  • आइफोन एसई
  • आइफोन १२
  • आइफोन १३
  • आइफोन १४

गुगल पिक्सेल

  • गुगल पिक्सेल–३
  • गुगल पिक्सेल–३ ए
  • गुगल पिक्सेल–४
  • गुगल पिक्सेल–४ ए
  • गुगल पिक्सेल–५
  • गुगल पिक्सेल–६
  • गुगल पिक्सेल–६ ए
  • गुगल पिक्सेल–६ प्रो

ओप्पो

  • ओप्पो फाइन्ड–३ प्रो
  • रेनो–५ ए
  • रेनो–६ प्रो फाइच जी
  • फाइन्ड एक्स–५
  • एक्स–५ प्रो
  • ए–५५ एस

हुवाई

  • हुवाइ पी–४०
  • पी–४० प्रो
  • मेट–४० प्रो

मोटोरोला

  • मोटोरोला आरएजेडआर–२०१९
  • आरएजेडआर– फाइभ जी

इ–सिम प्रयोग गरेपछि सिमकार्डको आवश्यकता हुँदैन । मोबाइल फोन बाहेक इ–सिमलाई स्मार्टवाच लगायतका अन्य डिभाइसमा प्रयोग गर्न सकिने छ । ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।