एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज

0
Shares

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो ।

बैंकले नेप्से मार्फत एक सूचना जारी गर्दै असोज ६ गते बिहीबारदेखि अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको जानकारी दिएको हो ।

बैंकमा कुल २० लाख कित्ता अग्राधिकार सेयर रहेकोमा हरेक तीन तीन वर्षको फरकमा (२० प्रतिशतका दरले) पाँच पटकमा अग्राधिकार सेयर साधारण सेयरमा परिणत गरेको हो ।

पाँचौं अर्थात अन्तिम पटक बिहीबार पछिल्लो बाँकी रहेको २० प्रतिशत अग्राधिकार सेयर साधारण सेयरमा परिणत गरेसँगै बैंकमा रहेको सबै अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएको छ ।

यससँगै एभरेष्टको ७ प्रतिशत लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबारसम्म पूर्णरुपमा सर्वसाधारण सेयरमा परिणत भएको छ ।

बैंकले २०७९ असोज १३ गते पाँचौं तथा अन्तिम पटक एभरेष्ट बैंकको कायम रहेको अग्राधिकार सेयर साधारणमा परिणत हुने भएकाले असोज ६ गतेसम्म मात्र नेप्सेमा कारोबार हुने जनाउँदै बैंकले भदौ ३१ गते पत्राचार गर्दै सूचीकरण खारेज हुने जनाएको थियो । जसको बोधार्थ धितोपत्र बोर्ड, राष्ट्र बैंक, सिडिएससी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत, प्रणाली सञ्चालन (सूचीकरण शाखा)लाई दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।