सीआइटीले हिमाल दोलखाको हकप्रद सेयरको प्रत्याभुति गर्ने

0
Shares

नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरको प्रत्याभुति गर्ने भएको छ ।

मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत (१ः०.७५ को अनुपात) ले हुने १ अर्ब २० कारोड रुपैयाँको १ करोड २० लाख कित्ता हकप्रद सेयरको प्रत्याभुति कोषले गर्ने भएको छ ।

सो सम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र दोलखा हाइड्रोपावरको अध्यक्ष रन्जना दहालले हस्ताक्षर गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।