बजारमा चरम अभाव भएको भन्दै कच्चा सुनको आपूर्ति बढाउन माग

0
Shares


नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनको आपूर्ति ब्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बजारको मागको वेवास्ता गर्दै अतयन्तै न्यून मात्राामा सुनको आपूर्ति हुँदै आएकोले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति ब्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको परराष्ट्र सल्लाहकार अरुण कुमार सुवेदीसँग मंगलबार सिंहदरवाटरमा भेटगरी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले कच्चा सुनको न्युन आपूर्तिले बजारमा परेको प्रभावका बारेमा जानकारी गराएको हो ।

सल्लाहकार सुवेदीले यस बिषयमा सम्वन्धित निकाय मार्फत पहलकदमी अगाडि बढाइने आश्वासन दिए ।

पछिल्लो समयमा दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगत वर्षहरुमा सिजनको समयमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।