नेपाल लाइफले डाक्यो साधारण सभा, १ अर्ब २९ करोड लाभांश पारित हुने

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले कर प्रयोजन सहित कुल  १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । लाभांश सहितका अन्य प्रस्तावहरु पारित गर्न कम्पनीले मंसिर ८ गते बाइसौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजीको १५.७८९ प्रतिशत प्रतिशतले हुने नगद लाभांश अनुमोदन गर्न लागेको हो ।

नेपाल लाइफको कार्तिक ४ गते सम्पन्न सञ्चालक समितको बैठकले मंसिर ८ गते बिहीबार होटल भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले बोनस वितरण नगर्ने

साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ नेपाल लाइफले कात्तिक १८ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । बुकक्लोज अनुसार कात्तिक १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र इन्स्योरेन्सले वितरण गर्ने लाभांश पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।