एनएमबि बैंकको खुद ब्याज आम्दानी बढेपनि घट्यो खुद नाफा

0
Shares

एनएमबि बैंक लिमिटेड (NMB) को खुद ब्याज आम्दानी ४४.४६ प्रतिशतले बढेपनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा गत आवको तुलनामा १३.४३ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४ करोड ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनएमबिको नाफा घटेपनि वितरणयोग्य मुनाफामा भने उछाल आएको छ । बैंकको वितरणयोग्य मुनाफा ४५ करोड ८४ लाख रुपैयाँबाट ३८७ प्रतिशतको उच्च वृद्धि हुँदै २ अर्ब २३ करोड ३१ लाख ७४ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २२.७५ रुपैयाँबाट घटेर १९.६९ रुपैयाँमा झरेको छ । यस्तै जगेडा कोष ६ अर्ब ४६ करोड रुपैयाँबाट ६.५४ प्रतिशतले बढेर ६ अर्ब ८८ करोड रुपैयाँ सञ्चित भएको छ ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ८० अर्ब ६९ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब ७१ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको अन्त्यसम्ममा बैंकले १ खर्ब ८४ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब ६२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

यस त्रैमासमा बैंकले २ अर्ब ५ करोड ४२ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी र १ अर्ब २९ करोड १९ लाख ३५ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले खुद ब्याज आम्दानी ४४.४६ प्रतिशतले वृद्धि गर्दा सञ्चालन मुनाफा १२.१२ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जाको अनुपात १.८५ प्रतिशतबाट बढेर १.९० प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६० रुपैयाँ, कस्ट अफ फण्ड ८.०२ प्रतिशत, सीडी रेसियो ८६.९४ प्रतिशत, स्प्रेडदर ३.७९ प्रतिशत, पीई रेसयो ११.९३ गुणा, आधारदर १०.१५ प्रतिशत छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य १४१४ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।