सानिमा बैंकले बिक्रीमा ल्यायो ५१ लाख कित्ता संस्थापक सेयर

0
Shares

सानिमा बैंक लिमिटेडको ५१ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा ल्याएको छ ।  बैंकले आज (कात्तिक १६ गते) देखि सेयर बिक्रीमा राखेको हो । 

बैंकले प्रतिकित्ता १४५ रुपैयाँका दरले सो सेयर बिक्रीमा ल्याएको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूमा जारी गर्दा वितरण हुन नसकेपछि दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूलाई आगामी ७ दिनभित्रमा बैंकको बैंकको केन्द्रीय कार्यालय काठमाण्डौं नक्सालमा आवश्यक कागजात सहित निवेदन दिनुपर्नेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० लाख कित्ता खरिदका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि ३५ दिने सूचना निकालेर विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्री खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि बैंकले सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।